|

गुल्मी : लायन्स क्लब अफ गुल्मी तम्घासले तम्घास अस्पताललाई सात लाख मूल्य बराबरको  बेबी वार्मर र फोटो थेरापी मेसिन हस्तान्तरण गरेको छ।

अस्पतालमा नबजात शिशुको जन्म हुँदा चिसोबाट बचाउनका लागि पयोग गरिने बेबी वार्मर र फोटो थेरापी मेसिन अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई हस्तान्तरण गरेको लाइन्स क्लब अफ तम्घास गुल्मीका  अध्यक्ष बालसिंह काउछाले जानकारी दिए।

सामग्री  हस्तान्तरण गर्दै अध्यक्ष काउछाले क्लबले गरेको  सानो सहयोगले नबजात शिशुको अकालमै मृत्यु हुने अवस्थाको अन्त्य गर्नका लागि सहयोग पुग्ने भन्दै सामग्री हस्तान्तरण गरेको बताए। क्लबले दुःखी, गरिबविपन्न र अशक्तलाई सहयोग गर्दै आएको बताएको छ। क्लबले गत साउन ७ गते सत्यवती गाउँपालिकामा पहिरोपीडितका लागि पनि सहयोग गरेको थियो।

सामग्री बुझ्दै अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले सहयोगका लागि धन्यबाद व्यक्त गरेका थिए।  पच्याले क्लबले गरेको सहयोगले अस्पताल र नबजात शिशुको उपचारमा ठूलो सहयोग पुग्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.