|

ओखलढुंगाः विकासको पहिलो खुड्किलो नै सडक भएपछि गाउँ स्तरमा खनिएका सडक मनोमानी खनिँदा डोजर चालक नै इनिजनियर बनेका हुन्छन्।सर्वसाधारणको आफू खुसी भएका कारण नै ग्रामीण बस्तीमा सडक मनोमानी रुपमा खनिएको हो।

ग्रामीण सडकमा इन्जिनियर डोजर चालक नै भएको पाइन्छ। ग्रामीण सडकमा स्थानीयबीच असहमति हुँदा चालक नै इन्जियिर बनेर सडक निर्माण गरिएका हुन्छन्। पहाडी भूगोलमा खनिने सडकहरूमा मनोमानी तरिकाले खनिएपछि ग्रामीण बस्ती पहिरोको समेत उच्च जोखिममा रहेका छन्।

कृषि तथा वडास्तरीय सडकहरूमा इन्जिनियरिङ मापदण्डलाई ख्यालै नगरी उपभोक्ता समिति र डोजर चालक आफैँ इन्जिनियर बनेर सडक खन्ने गरेपछि कतिपय स्थानमा पहिरो समेत गएका छन्। 

सडक निर्माणमा क्रममा चौडाइ कम भएका घुम्तीहरू साँघुरो भएका र सडक सवारी साधनहरूलाई असहज हुने तरिकाले खनिएका कारण दुर्घटनाको समेत जोखिम बढ्दै गएको छ। सडक कै कारण ओखलढुंगामा बिगत दुई वर्षमा ७ जनाले ज्यान समेत गुमाइसकेका छन्।

इन्जिनियरिङ मापदण्डविपरित निर्माण गरिएको सडकका कारण पहाडी भूभागमा पहिरोको खतरा समेचत बढ्दै गएको छ। विशेष गरी सडक ग्रेडको उचाइ धेरै भएका र कृषि सडकमा ग्रेड हाइट बढीमा १२ डिग्रीसम्म हुनुपर्नेमा ३५ डिग्रीसम्म खनिएका छन्। यस्ता सडकमा  गाडी चढ्न मुस्किल हुने र दुर्घटना समेत बढी हुने लिखु गाउँपालिकाका प्रविधिक रामकुमार बुढाथोकीले बताए।

एकतिर कच्ची ग्रामीण क्षेत्र र साँघुरो सडक भएका कारण दुर्घटना बढ्ने धेरै सम्भावना हुने रहेको र अर्कातिर नयाँ खनिने सडकहरू झनै गाडी चढ्न नै नमिल्ने गरी ठाडो खनिँदा झन् दुर्घटनाको सम्भावना बढेको उनको भनाई छ। सडक निर्माणको समयमा पनि स्थानीय सरकार र त्यहाँका प्राविधिक टोलीबाट कमजोरी हुने गरेको छ।

सुरुमा स्थानीय सरकारले पनि चनाखो भएर निर्माण कार्यको अनुमगन र परिचालन नगर्दा यस्ता सडकहरू बढ्दै गएको सवारी चालकहरू बताउँछन्। सडक निर्माण उपभोक्ता समितिले निकै चनौतीबीच सडक निर्माणको काम गर्नु पर्ने हुन्छ।

प्राविधिक स्टिमेटअनुसार सडक निर्माण गेर्न चाहना भए पनि स्थानीय जनताले सहजरूपमा आफ्नो जग्गामा सडक खन्न नदिँदा घुम्तीमा साँघुरो र सडक ठाडो हुने समस्या हुने गरेको छ।

सडकका घुम्ती फराकिलो बनाउन धेरै जग्गा फाल्नुपर्ने हुन्छ तर स्थानीयले दिँदैन। जसले गर्दा सडकका घुम्ती साँघुरो र केही ठाडो भएका हुन्। तर क्रमश जग्गाधनीलाई सम्झाइ-बुझाई बाटो फराकिलो बनाइने चम्पादेवी गाउँपालिका १० का वडा अध्यक्ष उज्जन बुढाथोकीको भनाई छ। 

निर्माणको बेला आफ्नो जग्गामा बाटो लिन नदिने ठूलो समस्या भएका कारण सुरुमा प्राविधिकले सडक खन्न नापेको भन्दा अर्को तरिकाले खन्नुपर्दा धेरै समस्या आउने गरेको उनको भनाइ छ। ओखढंगाका स्थानीय तहले हरेक वर्ष सडक निर्माणको लागि करिब ५० लाख बढी बजेट बजेट विनियोजन गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.