ओली शिलान्यासका ठेकेदार हुन् : रेवतराज पुरी, माओवादी केन्द्र

|
पुलको शिलान्यास गर्दै माओवादी नेता रेवतराज पुरी

दमक : हिजोआज एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गृहनगर आउँदा विवादमा पर्ने गरेका छन्। यसअघि रंगशालाको नामाकरणका विषयमा ओलीको भाषण चित्त नबुझेपछि सांसद्ले माइक खोसेर प्रतिकार गरेकी थिइन्।  

यसपटक शिलान्यासको विषयलाई लिएर अन्य पार्टीका स्थानीय नेताहरुले ओलीलाई विवादमा तानेका छन्। झापाको दमक १७ हुँदै मोरङको राजघाट–९ जोड्ने बेतेनी–माँवा आम्बारी पुलको शिलान्यासका लागि ओली झापा आएका छन्। उनले बिहीबार यस पुलको शिलान्यास गर्ने कार्यक्रम छ। 

विवाद के कुरामा?
ओलीले शिलान्यास गर्नु अगावैै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा क्षेत्र नम्बर ७ का इञ्चार्ज रेवतराज पुरीले बुधबार यस पुलको शिलान्यास गरेका छन्। उनले यस पुललाई योजनामा पार्नका लागि एमालेले भन्दा अन्य पार्टीहरुले बढी सक्रियता देखाएको दाबी गरे। अन्तिम अवस्थामा एमालेले पुलको शिलान्यास गरेर आफुले एक्लै जस लिन खोजेको उनको आरोप छ। 

                                माओवादी केन्द्र, कांग्रेस र राप्रपाका नेता\कार्यकर्ताको उपस्थितिमा बुधबार पुरीले पुलको शिलान्यास गरे

पश्चिमपट्टी पुलको शिलान्यास हुँदै गर्दा पूर्वपट्टी ओलीले गर्ने शिलान्यास कार्यक्रमका लागि पाल टाङ्ने काम धमाधम भैरहेको थियो। ओलीले बिहीबार पूर्वपट्टी शिलान्यास गर्नेछन्। 

‘ओलीजी यो देशको पूर्वप्रधानमन्त्री हो, यो पुल शिलान्यास गर्न उहाँलाई अधिकार छ, तर हामीले योजनामा परेको पुलको शिलान्यासको खबर हामीले नै पाएनौँ त्यसैले यसको प्रतिकार गर्नु परेको हो,’ रेवतराज पुरीले भने। उनले ओली शिलान्यसाको ठेकेदार भएको आरोप लगाए। ‘हामीले पारेका योजनामा ओलीले रजाँई गरेका छन्, उनले एकलौटी शिलान्यास गरेका छन्, उनी आउने, उनका कार्यकर्ताले कार्यक्रम बनाउने र मैले योजना परेको भनेर छाती फुलाउने गरेका छन्,' पुरीले थपे,‘हामीले पुलको ठेक्दार देखेका थियौँ, बाटोको देखेका थियौँ तर शिलान्यासको देखेका थिएनौँ, तर अहिले देख्यौँ’।’ 

कार्यक्रममा राप्रपाका नगर सदस्य रामबहादुर बस्नेत र कांगे्रसका दमक १७ सभापति राजकुमार गौतमले विकास निर्माणका काममा राजनीती नगर्न आग्रह गरे।माओवादी केन्द्र, कांग्रेस र राप्रपाका स्थानीय नेताहरु बुधबार भएको शिलान्यास कार्यक्रममा उपस्थित थिए। २०७० सालमा यस पुल निमार्णको प्रस्ताव स्विकृत भएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पुल महाशाखाको पूर्वाञ्चल सेक्टर कार्यालयको प्रत्यक्ष निगरानीमा यस पुलको निमार्ण हुनेछ। २२ करोड ८७ लाख ५० हजारमा शर्मा एण्ड अनुप जेभीले ठेक्का लिएको यस पुलको निमार्ण १ वर्षमा हुने बताइएको छ। 

पश्चिमतर्फ सत्तारुढ र पूर्वतर्फ विपक्षीको शिलान्यास 
पुलको पश्चिमतर्फको भागमा माओवादी, कांग्रेस र राप्रपाका स्थानीय नेता–कार्यकर्ताको उपस्थितीमा पुरीले शिलान्यास गरेका हुन्। ओलीले बिहीबार एमालेका कार्यकर्ताको उपस्थितिमा १२ बजे पूर्वतर्फ पुलको शिलान्यास गर्नेछन्।

ओलीले शिलान्यास गर्ने कार्यक्रमका लागि पाल टाङ्गने काम भैहेको छ । एमाले दमक नगर इञ्र्चाज अम्बिका खनालले आफुहरुले पटक–पटक डेलिगेसन गएर यो पुललाई योजनामा पारेको दाबी गरेका छन्। 

शिलान्यास कार्यक्रम रेवतराज पुरीले ओलीलाई लगाएका आरोप\ भिडियोमा हेर्नुस् : 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.