|
बंगलादेशविरुद्ध गोल गरेपछि खुसी साटासाट गर्दै नेपाली खेलाडी। तस्बिर : शिला तिमल्सिना

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत दशरथ रंगशालामा बंगलादेशविरुद्ध भइरहेको भिडन्तमा नेपालले पहिलो हाफमा अग्रता बनाउन सफल भएको छ। 

नेपालका लागि खेलको ११ औँ मिनेटमा सुनिल बलले गोल गर्दै अग्रता दिलाएका हुन्। बललाई सुन्दर गोलका लागि कप्तान सुजल श्रेष्ठले पास उपलब्ध गराइदिएका थिए।

बंगलादेशविरुद्धको खेलमा नेपालले बराबरी गरे पनि भुटानविरुद्धको स्वर्ण भिडन्त पक्का गर्नेछ। भुटानले यसअघि श्रीलंकालाई हराउँदै फाइनल यात्रा तय गरिसकेको छ। 

नेपालले यो अग्रता जोगाइराखेमा जितसहित फाइनलमा पुग्नेछ। यदि बंगलादेशले बराबरी गोल फर्काएमा पनि नेपालले फाइलन यात्रा गर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.