|

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बस्‍ने भएको छ।

उपनिर्वाचनको समीक्षा, पार्टी एकीकरणको बाँकी प्रक्रिया टुंग्याउनका लागि नेकपाको सचिवालय बैठक बस्‍न लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। सोमबारको सचिवालय बैठकले केन्द्रीय र स्थायी कमिटी बैठक बोलाउने तयारी गरेको बताइएको छ। 

पार्टीको कार्यकारी जिम्मेवारी पाएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र क्रियाशिलता बढाएका छन्। सचिवालय बैठकको अघिल्लो दिन उनले नेकपाको उच्च तहका नेतहरूसँग परार्मशसमेत लिएका छन्। 

यसैबीच प्रचण्डले आइइतबार बिहान वरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नै निवास बोलाएर भेटवार्तासमेत गरेका छन्। शनिबार बिहान अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। बैठकमा प्रधानमन्त्रीको स्वास्थ्यको विषयमा छलफल हुनेछ। प्रधानमन्त्री अस्पतालमा भएपछि बुधबारको बैठक पनि प्रचण्डको अध्यक्षता बसेको थियो। 

यसअघिको बैठकले उपनिर्वाचनको समीक्षा गर्न तीन दिनभित्र तत्लो तहसम्मको प्रतिवेदन ल्याउन निर्देशन दिएको थियो। मंसिर १४ गते भएको निर्वाचनमा नेकपाले आफ्ना गढ मानिएको क्षेत्रमा समेत पराजय व्यहोरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.