राजनीतिक दलमाथि गम्भीर आरोप

|

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा कागजी मानव अधिकार मात्र रहेको बताएका छन्। 

११ औं मानव अधिकार राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै नयाँ संविधान बने पनि काम कागजमा सीमित भएको बताएका हुन्। 

नयाँ संविधान अनुकूल बनेका नयाँ कानुनमा मानव अधिकारका धेरै सकारात्मक बिषय भए पनि कार्यान्वयन पक्ष फितलो रहेको बताए।

'दण्डहीनता बढेको छ, महिला माथिको हिंशा बढेको छ, प्रहरीको तथ्यांक भन्छ अपराध बढेको छ', उनले भने, 'यसले के देखाउँछ भने सरकार अपराध नियन्त्रण गर्न असफलता उन्मुख छ।'

अध्यक्ष शर्माले देश संघात्मक संरचनामा गए पनि, सरकार एकात्मक नै रहेको बताए। सरकारको प्रतिवद्धता, नयाँ संविधान र कानुन बलियो हुँदा पनि अवस्थामा परिवर्तन नहुँदा नेपालको मानव अधिकार कागजमा मात्रै भएको बताए।

‘हामीले संघात्मक स्वरुप त ल्यायौँ, तर हाम्रो मन वचन कर्म एकात्मक छ। त्यसमा केही परिवर्तन भएको छैन। महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन', उनले भने, 'महिला हिंसा केही पनि घटेको छैन। महिला बेचबिखन पनि घटेको छैन। केमा गर्व गर्ने भन्दा कागजी मानव अधिकार बृहत्तररुपमा अगाडि बढेको छ।’

कार्यक्रममा मानव अधिकारकर्मी चरण प्रसाईले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन सरकार र राजनैतिक दल नै अनिच्छुक रहेको आरोप लगाए। सर्वोच्च अदालतले गरेको आदेश मान्‍न पनि  सरकार तयार नभएको आरोप उनले लगाए। 

भेलामा  मानव अधिकारमा काम गर्ने विभिन्‍न गैर सरकारी संस्थाहरुको सहभागिता छ। देशभरबाट भेला भएका मानव अधिकारकर्मीहरुले देशमा मानव अधिकार, शान्ति र लोकतन्त्रको अवस्थाको बारेमा अन्तरक्रिया गर्दै काठमाण्डौ घोषणा पत्र जारी गर्नेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.