|

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्यान्डबल टोलीले  रजत पदक जित्न सफल भएको छ।

पोखरा रंगशालाको बहुउद्धेश्यीय कबर्ड हलमा आइतबार भएको फाइनलमा भारतसँग ३५-२१ गोल अन्तरले पराजित हुँदै नेपालले रजत पदक जितेको हो।

सागको महिला ह्यान्डबलमा नेपालको यो ऐतिहासिक रजत पदक हो। यसअघि नेपालले ह्यान्डबलमा रजत पदक जित्न सकेको थिएन ।

पुरुषतर्फको स्वर्ण भने पाकिस्तानले जितिसकेको छ। पाकिस्तानले भारतलाई ३०-२९ ले हराएको थियो। पुरुषतर्फ श्रीलंकाले कास्य जितेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.