|

  • रमेश पराजुली

सिन्धुपाल्चोक : भूकम्पले सबैभन्दा धेरै मानविय र भौतिक क्षति भएको सिन्धुपाल्चोक जिल्लाका पीडितले न्यानो कपडा खरिद बापतको १० हजार र अस्थायी  आवास निर्माणका लागि आएको १५ हजार रुपैयाँ अझै पाएका छैनन्।

भूकम्प गएको केही महिनापछि सरकारले भूकम्प पीडितलाई अस्थायी आवासका लागी १५ हजार रुपैयाँ र जाडो छल्न न्यानो कपडा खरिदका लागी १० हजार नगद सहयोग गरेको थियो। भूकम्प गएको २१ महिना बितिसक्दा पनि अझै सिन्धुपाल्चोकमा थुप्रै पीडितहरुले राहत रकम नपाएको प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले जानकारी दिए। 

‘न्यानो र अस्थायी आवासको ११ करोड २२ लाख बराबरको रकम पीडितले पाउन सकेका छैनन्,’ प्रजिअ सिलवाले भने,‘पीडितले पाउनुपर्ने रकमबारे जिल्लाबाट सांसदहरु र गृहमन्त्रालयलाई पटक पटक जानकारी गराउँदा समेत कनै वास्ता गरेका छैनन्।’

भूकम्पपछि दुई जाडो बितिसक्दा पनि पीडितहरु अझै अस्थायी टहरामा बस्न बाध्य छन्। सरकारी निकायले पीडितहरुलाई स्थायी आवास निर्माणको लागी समयमै पहल नगरेको पीपलडाँडाका धेरै पीडितहरुको गुनासो रहेको सिलवालले बताए।

भूकम्पको कारण जिल्लामा मृत्यु भएका परिवारका सदस्यले पनि किरिया खर्च र पारिवारिक राहत अझै पाउन नसकेको गुनासो गरेका छन्। किरिया खर्च र पारिवारिक राहतका लागि पीडितहरु प्रशासन धाउने गरेको सिलवालले जानकारी दिए। 

किरिया खर्च पाउनुपर्ने २५ परिवार र पारिवारिक राहत पाउनुपर्ने ५४ परिवार यस रकमबाट बञ्चित छन्। किरिया खर्च बापत ४० हजार र पारिवारिक राहत १ लाख रुपैयाँ सरकारले पीडित परिवारलाई दिने निर्णय गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.