क्लिन चितवन अभियानअन्तर्गत २ हजार ६८४ समातिए

|

चितवन : भरतपुरका एक युवकको हत्यामा सम्लग्न चारजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। भरतपुर महानगरपालिका-२७ का २६ वर्षीय अविनास महत्तोको हत्यामा सम्लग्न चारजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

हत्याको आरोपमा भरतपुर २७ का २६ वर्षीय दीपेन्द्र महतो, २७ वर्षय यम कुमार महतो, २५ वर्षीय विनोदकुमार महतो र २० वर्षीय विजय महतोलाई पक्राउ गरीएको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए।

स्थानीय एक युवतीलाई भेट्न भएका अविनासलाई गएको मंसिर १२ गत्ते राति हत्या गरी भरतपुर २७ अन्जना घोलमा शव गाडेको अवस्थामा फेला परेको थियो। ती युवतीको आफन्तले अविनासको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको मल्लले बताए। पक्राउ पर्नेहरूलाई पाँच दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जनाएको छ ।

२ हजार ६ सय ८४ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले गत जेठ १५ बाट हालसम्मको अवधिमा २ हजार ६ सय ८४ जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता एक नारायण कोइरालाले क्लिन चितवन अभियानअन्तर्गत पक्राउ परेका उनीहरूमध्ये १ हजार ७ सय ४७ जनालाई छाडिएको बताए। यस्तै, ४ सय १३ जनालाई अभद्र व्यवहारमा मुद्दा चलाइएको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.