|

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आइतबार भएका विभिन्‍न भिडन्तपछि नेपालमा ९ जना खेलाडीले बक्सिङबाट फाइनल यात्रा तय गरेका छन्। बक्सिङ अन्तर्गत तेस्रो दिनको खेल सकिँदा नेपालका महिला र पुरुषसहित‍ नौ जना बक्सर फाइनलमा पुगेका हुन्।

आइतबार भएका सेमिफाइनलमा भिडन्तबाट नेपालका माला राई, सुनिल शाही र गणेश प्रधानले फाइनल भिडन्त पक्का गरे। 

महिला ५१ केजीमा नेपालकी माला राईले श्रीलंकाकी कोसला निलमिनी अथाववुदा अचीलागेलाई अंकको आधारमा पराजित गर्दै फाइनलमा प्रवेश गरिन् ।

पुरुष ६० केजीमा श्रीलंकाका जीवन्थ निशान्का बामुनु आराछिललाई अंकको आधारमा पराजित गर्दै सुनिल शाही पनि फाइनल पुगे।

पुरुष ८१ केजी तौलको सेमिफाइनलमा नेपालका गणेश प्रधानले भारतका सचिन कुमारलाई आरएससीको आधारमा पराजित गर्दै फाइनल भिडन्त पक्का गरे। खेल सुरु भएको ३० सेकेन्ड नबित्दै भारतीय मुक्केबाजलाई चोट लागेपछि रेफ्रीले प्रधानलाई विजयी घोषित गरे।

५१ केजीको अर्को खेलमा भारतकी पिंकी रानीले पाकिस्तानकी रजिया बानो अजिजलाई अंकको आधारमा पराजित गर्दै फाइनलमा नेपालकी मालासँग स्वर्णका लागि भिडन्त पक्का गरिन्। 

त्यस्तै ५७ केजीको खेलमा नेपालका चन्द्रकला थापा भने श्रीलंकाकी क्रिस्मि अयोमा दुलान्ज लंकापुरायालागसँग हार्न पुगिन्। लंकापुरायालागे भारतकी सोनिया लाथेरसँग स्वर्णका लागि खेल्नेछिन्।

लाथेर पाकिस्तानकी मेहरीनलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी हुन्। महिला ६४ केजीमा भारतकी मन्जु बम्बोरियाले पाकिस्तानकी रुकशाना परभीनलाई हराउँदै फाइनल पुगिन्।

पुरुष ५२ केजीमा पाकिस्तानका सइद मुहमद आसिफले श्रीलंकाका लासिन्दु इरान्दा कुदा भीथानागेलाई हराए। यसै तौल समूहको अर्को खेलमा नेपालका तेजबहादुर देउबा भारतका स्पर्श कुमारसँग अंकको आधारमा पराजित हुँदै कास्यमा समेटिए।

६० केजीकै अर्को खेलमा भारतका बरिन्दर सिंहले बंगलादेशका सूरा कृष्ण चक्मालाई हराउदै फाइनलमा नेपालका सनिलसँग स्वर्णको भिडन्त पक्का गरे। 

यसैगरी ६९ केजी तौलमा पाकिस्तानका गुल जाइबले बंगलादेशका मोहमद अब्दुर रहीमलाई हराए। यसै तौलको अर्को खेलमा नेपालका बिकास लामा भारतका कृसन बिकाससँग अंकको आधारमा पराजित भए।

८१ केजी तौलमा पाकिस्तानका अवाइस अली खानले श्रीलंकाका रूमेश सान्डाकेलूम वान्नी अराचचिगेलाई पराजित गरे। त

९१ केजी भन्दामाथिको भिडन्तमा भारतका नरेन्दरले श्रीलंकाका बुवानेका ईराण्डा अड्डुराकाराम राल्लागेलाई हराउँदै नेपालका आशीष दुवादीसँग फाइनलमा भेट पक्का गरे। फाइनल भिडन्त सोमबार र मंगलबार हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.