|

काठमाडौं : नेकपा माओवादी केन्द्रले २०७३ पुस २३ गते महाधिवेशन गर्ने भएको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रको सचिवालय बैठकले पुस २३ गते महाधिवेशन गर्ने निर्णय गरेको माओवादी नेता गोपाल किराँतीले जानकारी दिए। बिहीबार बसेको सचिवालयले पुस २३ गते गर्ने निर्णय गर्दै अनुमोदनका लागि पोलिट्ब्युरो बैठकमा पेश गरेको छ। 

विभिन्न माओवादी घटकहरुसँग एकता भएपछि माओवादी केन्द्रले महाधिवेशनलाई ‘नेकपा माओवादी केन्द्र एकताको आठौँ राष्ट्रिय महाधिवेशन’ नाम दिएको छ।

महाधिवेशनबारे आवश्यक तयारीका लागि माओवादी केन्द्रले भदौ २ गते महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ। जारी पोलिट्ब्युरो बैठकले पार्टीको महाधिवेशन लगायत बिभिन्न विषयमा छलफल गर्न आयोजक समितिको बैठक बोलाउने निर्णय गरेको हो।

माओवादी घटकहरुसँग एकतापछि बनाइएको माओवादी केन्द्रको १ हजार ४ सय ९९ सदस्यीय केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समिति भनिएको छ। पोलिट्ब्युरो बैठकमा आगामी महाधिवेशनबाट केन्द्रीय सदस्यको संख्या १ सय ९९ जना बनाउने समझदारी भएको छ।

के गर्छ महाधिवेशनले?

माओवादी केन्द्रको अन्तरिम विधान २०७३ मा 'आधारभूत वैचारिक राजनीतिक विषयमा समान धारणा बनेका पार्टीहरुको बीचमा एकता भएकोले एकता महाधिवेशन विशिष्ट अवस्थाको हुने' उल्लेख छ। 

विगतका समीक्षात्मक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, पार्टीको वैचारिक र राजनीतिक कार्यदिशा, नीति कार्यक्रम लगायतका राजनीतिक दस्तावेज पारित गर्ने, पार्टीको विधान निर्माण गर्ने र केन्द्रीय कार्यसमिति गठन गर्ने महाधिवेशनका मुख्य काम हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.