|

चितवन : थाहा सञ्चार नेटवर्कका चितवन समाचारदाता नारायण ढुंगाना ‘उत्कृष्ट थारु पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन्।  चितवनको खैरहनीमा आयोजना भएको थारुहरुको खिचरा महोत्सवको समापनका अवसरमा उनी सम्मानित भएका हुन्। 

आदिवासी थारु समुदायको भाषा, संस्कृति तथा कलाको संरक्षण र सम्वद्र्धनमा पत्रकारितामार्फत ढुंगानाले महत्वपूर्ण योगदान पुर्याएको चौथो खिचरा महोत्सव आयोजक समितिले जनाएको छ। यस  पुरस्कारको राशी नगद रु ५ हजार रुपैयाँ रहेको छ।

ढुंगानालाई चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले नगदसहित सम्मानपत्र दिएर सम्मान गरे। पुस २८ गतेदेखि सुरु भएको चौथो खिचरा महोत्सवको समापनका अवसरमा ढुंगानासँगै पत्रकारहरु होमनाथ सापकोटा, विकास पौडेल र करुणा देवकोटा सम्मानित भए। यसपटक खिचरा महोत्सवलाई १ लाखभन्दा बढीले अवलोकन गरेको जानकारी महोत्सवका संयोजक नारायण महत्तोले दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.