काठमाडौं : हिउँदयाम बढ्दै जाँदा काठमाडौं उपत्यकाको तापक्रम घट्ने क्रम जारी छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ४ दशमलव ४ डिग्री मापन गरेको छ। काठमाडौंमा आज बिहान कायम तापक्रम यो बर्षकै न्यून हो।
बुधबारसम्म चिसो झनै बढ्ने महाशाखाले जनाएको छ। उपत्यका र तराईमा हुस्सुका कारण चिसो बढिरहेको हो। पश्चिमी वायुको प्रभाव बढ्दा हिमाली क्षेत्रमा बर्षा र हिमपात हुने सम्भावना छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।