|

रुकुम :  रुकुमका युवायुवतीलाई मोबाइल मर्मत तथा सिलाईकटाई सम्बन्धि सीप मुलक तालिम प्रदान गरिएको छ। जिल्लाका नुवाकोट, खोलागाउँ, सिम्ली र गरायला गाविसका गरि ३० जना युवायुवतीलाई तालिम प्रदान गरिएको हो।

सेभ द चिल्ड्रेन र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा सञ्चालित एकीकृत परियोजना अन्र्तगत बाल गरिबी तथा पोषण कार्यक्रमबाट ३ महिने तालिमको आयोजना गरिएको थियो। जस अनुसार सहभागीहरुलाई व्यवसाय सञ्चालनका लागि सिलाई कटाई मेसिन र मोबाईल मर्मतका सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक कुबेर केसीले जानकारी दिए।

तालिम समापन तथा सामाग्री हस्तान्तरण कार्यक्रममा स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न सहभागिहरुलाई आग्रह गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.