|

कपिलवस्तु : सरकारले अंगिकार गरेको कर संकलन नीतिले साना व्यवसायी मारमा पर्ने गरेको गुनासो व्यवसायीहरुले गरेका छन्। उनीहरुले साना व्यवसायी र ठूला व्यवसायीलाई हेरेर सरकारले दुई थरीका कर नीति ल्याउनुपर्ने माग गरेका छन्।

आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख शरदचन्द पौडेलले व्यवसायीले कुनै पनि हालतमा राज्यलाई दिनुपर्ने कर छल्न नसक्ने बताए। उनले सरकारले विकास गरेको प्रविधिका कारण व्यवसायीहरुले कर छल्न नसक्ने बताए। 

कपिलबस्तुको आयोजनामा जिल्लाका व्यवसायीहरुसँग करदाता शिक्षा अन्तरक्रियामा पौडेलले कर छल्नेलाई दण्डित गर्ने स्पष्ट पारे । अन्तरक्रियाले कर संकलनमा सरकारले अबलम्बन गरेको नीति र व्यवसायीसँग अभाव रहेको कर सम्बन्धित ज्ञानलाई फैलाउने काम गरेको तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले बताए।

कर अधिकृत तुल्सीराम फुल्देलले कर तिर्ने व्यवसायीको तह निर्धारण गर्न माग गरे।‘एक हजार होस वा एक लाख कर तिर्ने व्यवसायीको कुनै तह निर्धारण भएको छैन्,’उनले भने। 

अन्तरक्रियाका सहभागिहरुले कर सम्बन्धि कानूनको वर्तमान अवस्था, दायरा र दायित्वका बारेमा प्रश्न राखेका थिए। उनीहरुले सरकारले अंगिकार गरेको कर संकलन नीतिले साना व्यवसायी मारमा पर्ने गरेको बताए।‘कर तिर्ने बानीको विकास गर्नुको विकल्प छैन्,’ स्थानीय व्यवसायी शतिस कुमार जैसवालले भने,‘करसँग सम्बन्धित नीतिगत कुराहरु आम नागरिकलाई बुझाउनु आजको आवश्यकता हो,’ उनले भने।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.