|

न्यूजिल्याण्डको व्हाइट टापूमा ज्वालामूखी विस्फोट हुँदा कम्तीमा १०० जना मानिस हराइरहेका छन्। 

पर्यटकीय गन्तव्य व्हाइट टापूमा सोमबार बिहानै ज्वालामूखी विस्फोट भएको हो। विस्फोटमा फसेकामध्ये एकजनाको शव भेटिएको छ। सो क्षेत्रबाट अहिलेसम्म २५ जना मानिसहरुलाई उद्दार गरिएको छ। 

ज्वालामूखी विस्फोटका बेला सो टापुमा निकै धेरै पर्यटकहरु पुगेका र सबैको विवरण प्राप्त नभएको न्यूजिल्याण्ड सरकारले जानकारी दिएको छ।

त्यहाँकी प्रधानमन्त्री जाकिन्डा अर्देनले ज्वालामूखी पीडितका परिवारहरुप्रति समवेदना प्रकट गरेकी छिन् । प्रभावित क्षेत्रमा आफु आजै जाने र उद्दारलाई तीब्रता दिने प्रधानमन्त्री अर्देनले बताएकी छिन।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.