|

इलाम :  दुग्धजन्य पर्दाथ उत्पादनका लागी अग्रणी मानिएको इलामलाई दुधमा आत्मनिर्भर जिल्ला बनाउने तयारी थालिएको छ्। पशुपंक्षी विकास मन्त्रालयले आत्मनिर्भर बनाउनका लागी कार्यविधि बनाइ जिल्ला पशुसेवा कार्यालय इलामलाई पठाएकाले सोही कार्यविधिको मातहतमा रही कार्यालयले आफनो काम अगाडी बढाएको पशुसेवा कार्यालयका प्रमुख पशुपती ढुङगानाले बताए।

जिल्लाको जनसंख्या सहित गाइभैसीको संख्या संकलन गरी उत्पादित दुध कति घरायसी प्रयोजनका लागी खपत र विक्रीको तथ्याङक संकलित हुनुपर्ने कार्यविधिमा उल्लेख छ। सोही मुताविक जिल्ला पशुसेवा कार्यालयले आफना मातहतमा सेवा केन्द्रहरुलाई तथ्याङक संकलन गर्न निर्देशन जारी गरिसकेको छ।

इलामको जनसंख्या अनुसार वार्षिक प्रतिव्यक्ति ९२ लिटर आवश्यक हुन्छ। आवश्यकता पुर्ती हुनसके आत्मनिर्भर जिल्ला घोषणा गर्न सकिने सुचक रहेकोमा सो पुरा भएकोले औपचारिक रुपमा घोषणा हुन बाँकी रहेको ढुङगानाले बताए। इलाममा गत आर्थिक वर्षमा १ लाख २१ हजार ५ सय ६२ मेट्रिक टन दुध उत्पादन भएको थियो।

जुन अघिल्लो आर्थिक बर्षको तुलनामा १९ मेट्रिक टनले बढी हो। दुध र दुग्द्यजन्य पर्दाथको बिक्रीबाट इलाममा ४ अर्ब २५ करोड ४६ लाख ७० हजार रुपैयाँ भित्रिएको थियो। जिल्लाका उत्तरी क्षेत्रमा कृषकहरुले व्यवसायिक रुपमा गाईपालन गर्ने गर्दै आएका छन्।

सरकारले युवा स्वरोजगार कार्यक्रम ल्याएपछि युवाहरुमा गाईपालनप्रति आर्कषण बढ्दै गएकोले जिल्लालाई दुग्ध आत्मनिर्भरको बनाउनका लागी तिव्र रुपमा पहल भैरहेको  कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.