|

काठमाडौं : नेपालकी संगीता सुनारले बक्सिङबाट रजत पदक जितेकी छन्। फाइनलमा भारतीय खेलाडीसँग पराजित भएपछि उनी स्वर्णबाट चुकिन्। 

६० केजी तौल समुहमा भएको बक्सिङको भिडन्तमा संगीता सुनार भारतकी प्रविणसँग पराजित भएकी हुन्। सुनारले आफ्नो पक्षमा नतिजा निकाल्न असफल हुँदा स्वर्णबाट चुक्न पुगिन्।

यसअघि मिनु गुरुङले बक्सिङको ५४ केजी समूहबाट नेपाललाई स्वर्ण जिताएकी थिइन्। त्यस्तै गरी ललिता महर्जनले ४४ केजी समूहबाट रजत जितेकी छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.