|

बाँके : चालू आर्थिक वर्षको २१ मंसिरसम्म बाँकेमा सडक दुर्घटनामा परी ३० जनाले ज्यान गुमाएका छन्।

सडक विस्तार, तीव्र गति, चालकको लापरवाही र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेका कारण सडक दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। २१ मंसिरसम्म १७ दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।

दुर्घटनामा ३९ जना घाइते भएको  जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए। मंसिर महिनामा सवैभन्दा बढी १२ वटा मोटरसाइकल दुर्घटना भएका छन् भने बस, ट्रक, ट्याक्टर, कार, टेम्पो एक-एक र दुई वटा साइकल दुर्घटना भएका छन्। 

चालू आर्थिक वर्षको साउनमा ११ वटा सडक दुर्घटना भएको छ। दुर्घटनामा सात जनाको मृत्यु र १६ जना घाइते भए। त्यसैगरी भदौमा १२ वटा सडक दुर्घटनामा  परी चार जनाको मृत्यु र १५ जना घाइते भएको प्रहरी निरीक्षक बमले जानकारी दिए। उनकाअनुसार असोजमा १८ दुर्घटनामा पाँच जनाको मृत्यु तथा १८ जना घाइते भए भने कात्तिक महिनामा ६ जनाको सडक दुर्घटनामा परी मृत्यु र ३४ जना घाइते भएका छन्। 

जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको एक तथ्यांक अनुसार, गत आर्थिक वर्ष सानाठूला सडक दुर्घटनामा परी ४२ जना पुरुष, १४ जना महिला तथा चारजना बालक गरी ६० जनाले ज्यान गुमाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.