पुरुष-महिला दुवैमा तोडियो स्वर्णको खडेरी

|
स्वर्ण विजेता भुपेन्द्र थापा । तस्बिर : शिला तिमल्सिना

काठमाडौं : बक्सिङबाट नेपालले सोमबार दोस्रो स्वर्ण पदक जित्‍न सफल भएको छ। नेपालका लागि ६४ केजी तौल समूहमा भुपेन्द्र थापाले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण पदक जित्न सफल भएका हुन्। 

महिला बक्सिङमा जस्तै पुरुष बक्सिङमा पनि नेपालले २० वर्षपछि स्वर्ण पदक जितेको हो। नेपालले सन् १९९९ मै घरेलु भूमिमा भएको सागमा पुरुष बक्सिङबाट दुई स्वर्ण जितेको थियो। त्यो बेला प्रकाश थापामगर र रामचन्द्र थापामगरले बक्सिङबाट स्वर्ण जिताएका थिए।

थापाले स्वर्ण पदकका लागि सानेपास्थित राखेपको हलमा भएको भिडन्तमा भारतका कौशिक मनिषसँगलाई पराजित गरेका हुन्। यसअघि मिनु गुरुङले नेपालका लागि ५४ केजी समूहबाट स्वर्ण जितिसकेकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.