|

काठमाडौं : 'जलपरी' गौरिका सिंहले दक्षिण एसियाली खेलकुद अन्तर्गत पौडीबाट चौथो स्वर्ण पदक जितेकी छन्। सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा गौरिकाले महिलातर्फ १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितेकी हुन्। 

स्वर्ण जित्ने क्रममा गौरिकाले ५८.१३ सेकेण्डको समय निकाल्न सफल भइन्। यो स्पर्धामा भारतकी शिवांगी शर्माले रजत पदक जितेकी छन्। 

योसँगै गौरिकाले एउटै सागमा चारवटा स्वर्ण पदक जितेर कीर्तिमान बनाएकी छन्। यसअघि १७ वर्षीया ओलम्पियन गौरिकाले ४ सय मिटर फ्रीस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितिसकेकी छन्। 

चौथो स्वर्णसँगै गौरिका नेपालका लागि सर्वाधिक सफल खेलाडी भएकी छन्। उनी एकै संस्करणमा ४ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी भइन्। उनले चार स्वर्ण, एक रजत र समूहगत स्पर्धामा एक कास्यससहित यो सागमा कूल ६ पदक जितेकी छन्।

गौरिकाबारे अरु समाचार :

गौरिका सिंहले पौडीबाट जितिन् तेस्रो स्वर्ण पदक

यी दुई स्वर्ण : जसले नेपालको खेलक्षेत्रमा इतिहास रचे

गौरिका सिंहले पौडीबाट थपिन् पाँचौ पदक

ओलम्पियन गौरिका सिंहले पौडीबाट जितिन् स्वर्ण पदक

गौरिकालाई १०० मिटर ब्याक स्ट्रोकमा रजत

पौडीबाट गौरिका सिंहले जितिन् अर्को स्वर्ण पदक

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.