|

काठमाडौं :  नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपाल र भारतबीच अहिले अहिले देखिएको सीमा विवाद छलफलबाट समाधान निकाल्न सकिने बताएका छन्। 

राजदूतको जिम्मेवारीबाट अवकाश लिने क्रममा रहनु भएका राजदूत पुरीले गोरखापत्र र दि राइजिङ नेपाललाई दिएको अन्तरवार्तामा सो कुरा बताएका हुन्। नक्सा विवादका विषयमा उनले भने – त्यो नक्सा भारत भित्रका राज्यहरूको सीमामा भएका परिवर्तनसँग सम्बन्धित थियो। नेपाललगायत अन्य कुनै देशको बाहिरी सिमानसँग सम्बन्धित थिएन। जुन सीमाना विगतका नक्साहरूमा थियो त्यही नै नयाँ नक्सामा पनि थियो।

समाधानका उपाय बारे उनको भनाइ थियो–हाम्रो युगौंदेखि रहँदै आएका १८ सय किलोमिटर लामो खुला सीमाना छ। त्यसैले त्यहाँ कुनै पनि मुद्दा हुन सक्छ यदि कुनै मुद्दाहरू छन् भने त्यसमा हामीले छलफल गर्नु पर्ने हुन्छ। हामीहरू छलफल पनि गरिरहेका छौ।

उनले सीमा जस्तो विषयमा निकै महत्वपूर्ण विषय भएको र यस्तो कुरामा थोरै सावधान हुनु पर्ने भन्दै यस्तो विषयमा कसैलाई पनि अबसर दिनु नहुने बताए।

नेपालका वर्तमान अबस्थाबारे उनले भने , नेपालले धेरै राम्रा कामहरू गरेको छ र विश्वले त्यसलाई अनुभुत गरिरहेको छ। नेपालको अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा उक्लने तयारी ठीक ढङगले अगाडि बढाएको छ। साथै राजदूत पुरीले नेपालले सन् २०३० वा सो भन्दा अगाडि नै मध्यम स्तरको आय भएको मुलुकमा पुग्न नभारतीय अर्थतन्त्रसँगको अन्तक्रिया (इन्टर्याक्सन) लाई बृद्धि गर्नु पर्ने कुरामा जोड दिए।

उनले केपी शर्मा ओलीले सन् २०१८मा भारतको भ्रमण गर्दा तीनवटा ड्रिम प्रोजेक्टबारे बताएको  र त्यसमा कृषि, जलपरिवहन र रेल सेवा रहेको उल्लेख गर्दै आफूले पनि भारतको उत्तराखण्डस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयबाट पीएचडी गरेको नताले उनको सो विचारबाट निकै खुशी भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.