|

काठमाडौं : १ सय एमजीको प्रोजेस्टोरन नामक औषधि नेपाल भित्र्याउँदा भन्सारमा सकारिएको मूल्य ८० पैसा छ। त्यसैलाई बजारमा १६ रुपैयाँमा बेच्ने गरिएको छ। यो स्वास्थ्यमन्त्री गगन थापाले टिपाएको विवरण हो। 

सरकारले अत्यधिक मूल्य बढाइएका यो र यस्ता औषधिको बिक्रीमा निलम्बन वा रोक्का भने गरेको छैन। त्यसका आयातकर्ता\बिक्रेतालाई कारवाहीको दायरामा पनि ल्याएको छैन। बरु ‘छानबिन’ मा अल्झिएको छ। ‘भारतीय बजारमा अति सस्तो पर्ने औषधि नेपाली बजारमा अति महँगोमा बेच्ने गरेको गुनासा हामीकहाँ आइरहेका छन्’, मन्त्री थापाले भने, ‘हामीले यसमा छुट्टै टोली बनाएर छानबिन सुरु गरेका छौं। सर्वसाधारणले छिट्टै औषधि पाऊन् भनेर विभिन्न प्रक्रिया सुरु गर्दैछौं।’

सरकारले कडाइ गर्न नसकेका कारण मुलुकमा औषधिका ‘कालोबजारी’ बढेको पाइएको छ। किसप्लेटिन नामक क्यान्सरको औषधि १० मिलिग्रामको भन्सारमा ४२ रुपैयाँ मूल्य देखाइएको छ। यसलाई पसलमा २ सय ३६ रुपैयाँ पर्छ। 'जोलिड्रोनिक' ४ मिलिग्रामको भन्सारमा सकारेको मूल्य ५ सय ५ रुपैयाँ भए पनि यो बजारमा २ हजार ७ सय ६६ रुपैयाँमा बिक्री भइरहेको छ। 'इरिनोटिक एचसीएल' ४० मिलिग्रामको भन्सारमा सरकारेको मूल्य ८ सय १९ रुपैयाँ भए पनि यो २ हजार ४ सय १३ रुपैयाँ ८० पैसामा बिक्री भइरहेको छ।

औषधिको मूल्य अत्यधिक हुनुमा बिक्रेता, आयातकर्ता, चिकित्सकदेखि सबैको खराब साँठगाँठ रहेको प्रारम्भिक जानकारीमा देखिएको छ’, स्वास्थ्यमन्त्री थापाले भने‘ औषधिमा भइरहेको खेल समाप्त पार्ने प्रक्रिया सुरु भइसकेको छ।’

कान्तिपुर दैनिकबा६

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.