|

काठमाडौं : पूर्वी इरान र अफगानस्तानिमा बनेको पश्चिमी वायुको प्रणाली नेपालतिर सरिरहेका कारण भोली (बुधबार) बेलुकीदेखि नेपालको हिमाली क्षेत्रमा भारी हिमपात हुने भएको छ। यो वायुले पहाडी क्षेत्रमा पनि बर्षा गराउने मौसमविदहरुले जानकारी दिएका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि बुधबार बेलुकीदेखि हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरेको छ। पश्चिमी वायुको प्रणाली बुधबार बेलुकीसम्म नेपाल प्रवेश गर्नेछ। बुधबार रातीदेखि नेपालको पश्चिमका उच्च–पहाडी र हिमाली क्षेत्रमा यसको असर देखिनेछ। 

बिहीबार बेलुकीसम्म यो वायु प्रणालीको असर नेपालका सबै भूभागमा देखिनेछ । हिमपात र बर्षाका कारण मौसममा बदली भई देशभरि नै चिसो बढ्ने हुनाले चिसोबाट बच्ने उपाय अपनाउन मौसमविदहरुले सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.