|

काठमाडौँ : गत मंसिर १४ मा सम्पन्न उपनिर्वाचनको समीक्षा गर्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

उपनिर्वाचनको विषयमा छलफल गर्न मंसिर २६ गते दिउँसो १ बजे बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा उपनिर्वाचनको समीक्षासँगै पार्टीका अन्य विषयमा छलफल गर्न बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

‘बिहीबार हुने बैठकमा उपनिर्वाचन, पार्टीका भातृसंगठनको जिम्बेवारी र समयावधिसँगै भारतले जारी गरेको नयाँ नक्साको बारेमा, नेपालको सीमा अतिक्रमणको विषयमा छलफल हुनेछ’, प्रवत्ता शर्माले भने, ‘पार्टीका अन्य विषयमा पनि बैठकमा हुनेछ।’ 

उपनिर्वाचनजमा कांग्रेसले मंसिर १४ मा सम्पन्न उपनिर्वाचनमा कांग्रेसले प्रदेशसभाको एक सिट, उपमहानगरपालिकाको प्रमुख पद एक र ११ स्थानमा वडाअध्यक्षमा जितेको थियो। सबैको चासो रहेको कास्की २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेसले चुनाव हारेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.