खेलकुद

नेपालले जित्यो ५० औँ स्वर्ण पदक

सनिल शाहीले भारतका भिरेन्दर सिंहलाई हराए

मंसिर २४, २०७६

    काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत अन्तिम दिनको भिडन्तमा बक्सिङबाट नेपालले ५० औँ स्वर्ण पदक जित्‍न सफल भएको छ। 

    नेपालका सनिल शाहीले बक्सिङको ६० केजी तौल समूहबाट स्वर्ण पदक जितेका हुन्। सातदोबाटोस्थित कराँते हलमा पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडी खेलाडी भिरेन्दर सिंहलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन्। नेपालले यससँगै जारी सागमा स्वर्णको संख्या ५० पुर्‍याएको छ।

    यसअघि नेपालले सोमबार जुडो, बक्सिङ र पौडीबाट स्वर्ण पदक थपेको थियो। सोमबार सम्म ४९ स्वर्ण पक्का गरेको नेपालले मंगलबार बक्सिङबाट एउटा स्वर्ण थपेको हो। 

    नेपालले अहिलेसम्म ५० स्वर्ण, ५५ रजत र ८८ कास्य पदक जित्‍न सफल भएको छ। पहिलो स्थानमा रहेको भारतले १६४ स्वर्ण, ९१ रजत र ४४ कास्य पदक जितेको छ।

    श्रीलङ्का ३९ स्वर्ण, ८१ रजत र १२२ कास्यसहित तेस्रो, पाकिस्तान ३० स्वर्ण, ३७ रजत र ५५ कास्यसहित चौथो, बङ्गलादेश १९ स्वर्ण, ३२ रजत र ८५ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र तीन कास्य जित्दै छटौँ तथा भूटान पाँच रजत तथा १३ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ। 

    नेपालले फुटबलबाट स्वर्ण जित्ने सम्भावना अझै बाँकी छ। नेपालले यो सागमा कम्तीमा ५० स्वर्ण जित्ने लक्ष्य लिएको थियो। 

    १३ औं सागमा नेपालका स्वर्ण 

    १. कराँते (एकल काता)-मण्डेकाजी श्रेष्ठ 
    २. कराँते (टिम काता, पुरुष)-मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर 
    ३. कराँते (टिम काता, महिला)-निर्मला तामाङ, संगिता मगर, सरु कार्की 
    ४. कराँते (५५ केजी)-लक्ष्मण तामाङ 
    ५. कराँते(८४ केजीमाथि)-विप्लवलाल श्रेष्ठ 
    ६. कराँते (४५ केजीमुनि)-कुसुम खड्का 
    ७. कराँते (५० केजीमुनि)-अनु अधिकारी 
    ८. कराँते (६७ केजी)-नवीन रसाइली 
    ९. कराँते (६८ केजी)-सुनिता महर्जन 
    १०.  कराँते (६८ केजी)-अनुपमा मगर
    ११. तेक्‍वान्दो पुम्से (२३-२९ वर्ष )-कमल श्रेष्ठ 
    १२. तेक्‍वान्दो पुम्से ( १७-२३ वर्ष )-सिना मादेन लिम्बु 
    १३. तेक्‍वान्दो पुम्से (२३ -२९ वर्ष )-पार्वती गुरुङ 
    १४. तेक्‍वान्दो पुम्से (२९ वर्षमाथि )-आयशा शाक्य 
    १५. तेक्‍वान्दो पुम्से (२९ वर्षमाथि )-आयशा शाक्य र सञ्जिकुमार पाण्डे 
    १६. पुम्से महिला टिम (१७-२३ वर्ष)-निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना 
    १७. पुम्से महिला टिम (२३-२९ वर्ष)-निता गुरुङ, प्रसंशा क्षेत्री र शुसिला राई 
    १८.  तेक्‍वान्दो (४६ केजीमुनि)-काजल श्रेष्ठ 
    १९.  तेक्‍वान्दो (६८ केजीमुनि)-वीरबहादुर महरा 
    २०. ट्रायथलन-सोनी गुरुङ 
    २१. डुवाथोलन-हिमाल टमाटा २२.  
    उसु (थाउलो)-विजय सिन्जाली 
    २३.  उसु (थाउलो)-सुस्मिता तामाङ
    २४.  उसु (थाउलो)-दीपक हमाल 
    २५. एथलेटिक्स (१० हजार मिटर)-सन्तोषी श्रेष्ठ 
    २६.  साइक्लिङ (डाउनहिल)-राजेश मगर 
    २७.  साइक्लिङ (डाउनहिल)-निश्मा श्रेष्ठ 
    २८.  तेक्‍वान्दो (६२ केजीमुनि)-संगीता बस्याल 
    २९.  तेक्‍वान्दो (८७ केजी )-सक्षम कार्की 
    ३०.  उसु (थाउलो(नान्दौ)-निमा घर्तीमगर 
    ३१.  साइक्लिङ (क्रस कन्ट्री)-लक्ष्मी श्रेष्ठ 
    ३२.  साइक्लिङ (क्रस कन्ट्री)-बुद्धिबहादुर तामाङ 
    ३३.  पौडी (२०० मिटर फ्रीस्टाइल)-गौरिका सिंह 
    ३४.  तेक्‍वान्दो (८७ केजी)-भूपेन श्रेष्ठ
    ३५.  भारोत्तोलन (५९ केजी)-सन्जु चौधरी 
    ३६. उसु (५६ केजी)-जुनी राई 
    ३७.  एथलेटिक्स (५ हजार मिटर दौड)-गोपीचन्द्र पार्की 
    ३८.  गल्फ-सुवास तामाङ 
    ३९.  गल्फ ( टिम इभेन्ट)-सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ 
    ४०.  भारोत्तलन-विकास थापा 
    ४१.  पौडी (२ सय मिटर ब्याकस्ट्रोक)-गौरिका सिंह 
    ४२.  म्याराथन-किरणसिंह बोगटी 
    ४३.  कुस्ती (५५ केजी)-संगीता धामी 
    ४४.  पौडी (४ सय मिटर फ्रीस्टाइल)-गौरिका सिंह 
    ४५.  जुडो (५२ केजीमुनि)-देविका खड्का 
    ४६.  बक्सिङ (५४ केजी)-मिनु गुरुङ 
    ४७.  बक्सिङ (६४ केजी)-भूपेन्द्र थापा 
    ४८.  जुडो (७८ केजी)-पुनम श्रेष्ठ 
    ४९.  पौडी १०० मिटर फ्रीस्टाइल-गौरिका सिंह
    ५०. बक्सिङ (६० केजी) सनिल शाही

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]