|

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा अपराध र दण्डहीनता बढेको बताए। 

मंगलबार ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष शर्माले लोकतान्त्रिक संविधान जारी भएपछिको अवस्थामा पनि दण्डहीनतामा कमी नआएको बताए।

निर्वाचन सम्पन्न गरी जनताले चुनेका प्रनितिधि सत्तामा भए पनि निष्क्रिय रहनु दुःखद भएको उनले बताए। ‘अहिलेको समय हाँसी ठट्टा गर्ने समय होइन। तर गणतन्त्र महादेवका उच्छृंखल गणहरूको गणतन्त्र होकी भन्ने आभास भइरहेको छ’, उनले भने।

मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयागको संशोधित विधेयक ल्याउँदा सरकारले सम्बन्धित पक्षहरूसँग छलफल नै नगरेकोमा उनले असन्तुष्टि जनाए।

उनले आचरण नै अधिकारवादीको शक्ति भएको बताउँदै हतियारको नभइ विचारको लडाइँ लड्ने समेत बताए। अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मंगलबार राजधानीमा प्रभातफेरी गरिएको थियो।

भद्रकालीबाट निकालिएको प्रभातफेरी सुन्धारा, वीर अस्पताल हुँदै शान्तिबाटिकामा पुगेर सकिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.