|
भुटानविरुद्ध उत्रिएको नेपाली फुटबल टिम। तस्बिर : सन्देश बिडारी

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको खेल ३ बजे सुरु भएको छ। भुटानविरुद्ध खेलका लागि नेपालको प्लेइङ सेट अनुसार रेजिन सुब्बाको साटो नितिन थापाले प्रवेश पाएका छन्। 

मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले दुई खेलाडी परिवर्तन गर्दै भुटानविरुद्ध खेल्ने टिम मैदानमा उतारेका हुन्। नेपालबाट छिरिङ गुरुङ टिम बाहिर जाँदा विकास खवासले अवसर पाएका छन्। 

नेपाली टिममा को को?

विकेश कुथु,अनन्त तामाङ, विकास खवास, सुमन अर्याल, बिक्रम लामा, मिक्चेन तामाङ, अविशेक रिजाल, सुनिल बल, तेज तामाङ, नितिन थापा र सुजल श्रेष्ठ

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.