नुवाकोट : भूकम्पले घरबार तहसनहस भएको २० महिना बितिसक्दा पनि साल्मे–८ की चमेली विश्वकर्मको बास अझै जस्तापाताले बनेको सामान्य टहरामै छ। विस्थापित भएर गाउँ छोड्न बाध्य उनको विदुर नगरपालिकास्थित इन्द्रेणीचौरको भूकम्पप्रभावित शिविरमा अभाव र दुःखसँगै जीवन बितिरहेको छ।
उनीसँगै पोहोर सालको जाडो मुस्किलले धानेका ७ जनाको परिवारको त्यसबेलाको सपना थियो, ‘अर्को जाडोमा त घर बनाएर बस्ने।’ तर फेरि अहिले पनि कठ्यङ्ग्रिँदो जाडोमा कष्टकर दैनन्दिन झेल्न बाध्य छन्। बाँच्न सकस हुँदै गएको अनुभव सुनाउँदै चमेली भन्छिन्, ‘जस्ताबाट रातभर चुहिएको शीत र रातभर चल्ने मुटु छेड्ने सिरेटोले अब बाँच्न सकिँदैन कि जस्तो लागिक्यो।’
अन्यत्र धेरैजसो भूकम्पप्रभावितले पहिलो किस्ताको ५० हजार रकम हात पारिसके। चमेलीको परिवारले धेरैपटक गाविस कार्यालय र जानुपर्ने जति सबै सरकारी कार्यालय चहारिसकेको छ तर अहिलेसम्म सरकारी राहत पाउन सकेको छैन। नुवाकोटको यो शिविरमा चमेलीजस्ता भूकम्पप्रभावितको संख्या ५ सयको हाराहारीमा छ। १ सय ३७ वटा टहरामा बस्दै आएका उनीहरू अहिले पनि सामान्य टहरामा जाडो छेक्नसक्ने अस्थायी बसोबासको प्रबन्धसमेत गर्न सकेका छैनन्।
नेपाल समाचारपत्रबाट
तपाईंको ईमेल गोप्य राखिनेछ ।