समाज

साग उद्घाटनमा नपड्केको पटका पड्काउँदा घाइते भएका बालकको मृत्यु

प्रतीकात्मक फोटो
मंसिर २४, २०७६

    जनकपुरधाम : १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेलको उद्घाटन समारोहमा नपड्केको पटाका लिएर पड्काउने क्रममा घाइते भएका एक बालकको मंगलबार मृत्यु भएको छ।

    जनकपुरधाम १३ स्थित कबर्ड हलनजिकै घर भएका निर्मला राउतका घाइते १० वर्षीय छोरा आलोक राउतको मृत्यु भएको हो। सुनसरीको धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा उपचारकै क्रममा बालक राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहले जानकारी दिए।

    मंसिर २० गते कुस्ती खेलको उद्घाटनका क्रममा पटाका पड्काइएको थियो। सोमध्येका पड्किन नसकेका पटाका बालक राउत घरमा लगेर पड्काउन खोजेका थिए। पटाका पड्केपछि घाइते भएका बालकको पेट जलेको थियो।

    गम्भीर घाइते भएका बालक राउतलाई तत्कालै प्रादेशिक अस्पताल ल्याएको थियो। तर, उपचार सम्भव नभएपछि केहीबेरमै धरान 'रेफर' गरिएको थियो। उद्घाटनका क्रममा पटका पड्काउनेहरूको लापरबाहीले बालकले ज्यान गुमाउनु परेको स्थानीयले आरोप लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]