धोका दिएको आरोप

|

काठमाडौं :  एकजना युवतीले धोका दिएको भन्दै अन्तिम पटक भेट्न बोलाएर प्रेमीको लिङ्ग नै काटिदिएकी छन्। ती प्रेमिकाले प्रेमीलाई आफ्नै कोठामा बोलाएर लिङ्ग काटिदिएकी हुन्। 

काठमाडौं महानगरपालिका–६ महाँकालमा बस्दै आएकी ती १९ वर्षीया प्रेमिकाले मकवानपुरको हेटौँडा घर भइ बौद्ध बस्‍ने २१ वर्षीय राजीव सुनुवारको लिङ्ग काटिदिएकी हुन्। 

सुनुवारको लिङ्ग काटिएपछि चाबहिलस्थित ओम अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। महानगरीय प्रहरी बृत्त बौद्धका डिएसपी रमेशबहादुर सिहंका अनुसार  दुवैजना हायात होटलमा काम गर्ने कर्मचारी हुन्।

प्रेम सम्बन्धमा रहेका उनीहरुको धर्म फरक हुँदा बिहेमा परिवार बाधक बनेको थियो। त्यसपछि प्रेमीले अलग हुन प्रस्ताव प्रेमिकासँग गरेको खुलेको सिंहले बताए। 

एक सातादेखि बोल्न छाडेका उनीहरुबीच सोमबार भेट भएको थियो। प्रेमिकाले राजिवलाई अन्तिमपल्ट भेट्न कोठामा बोलाएर चक्कुले लिङ्ग काटिदिएकी हुन्। प्रेमीको लिङ्ग काटिदिएपछि प्रहरीले युवतीलाई हिरासतमा लिइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.