|

चितवन : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार सवै पालिकाको गल्ली-गल्लीमा पुगिसकेको बताए।

भरतपुर महानगरपालिका २७ को मेघौलीलाई प्रदेश ३ को उत्कृष्ट नमुना पर्यटकीय गन्तव्य घोषणा तथा मेघौली राइनो पार्कको शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पौडेलले सरकार प्रदेशको सवै स्थानमा पुगेको बताएका हुन्। 

मुख्यमन्त्री पौडेलले प्रदेश ३ सरकार गठन भएको २१ महिनामा १३ वटै जिल्लाको गल्लीगल्लीमा पुगिसकेको बताए। उनले भने,‘सवै पालिकाको कुना-कुनामा, गल्ली-गल्लीमा प्रदेश सरकारले उपस्थिति जनाइसकेको छ। योजनावद्ध रुपमा काम गरिरहेको छ। जुन स्थानमा गए पनि यो काम गरेको छ भनेर देखाउने अवस्था बनिसकेको छ।’ 

सात प्रदेशमध्ये प्रदेश ३ लाई नमुना प्रदेश बनाउन योजनावद्ध रुपमा काम गरिरहेको मुख्यमन्त्री पौडेलले बताए। प्रदेशको एकीकृत विकासका लागि कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको पौडेलको भनाई छ। 

विगत अढाई सय वर्षदेखि केन्द्रीकृत रुपमा रहेको सरकारले सोचे जति विकास गर्न नसकेको भन्दै पौडेलले सवै क्षेत्रको विकासका लागि प्रदेश सरकार गठन भएकाले अब मुलुकले काँचुली फेर्न सुरु गरेको दावी गरे। उनले भने, ‘हिजो पनि थियो नि सरकार, अढाई सय वर्षमा केन्द्रीकृत सरकारले कुन-कुन स्थानमा, के कति विकास गर्‍यो? तर प्रदेश सरकार बनेपछि अहिले विकासले फड्को मारेको छ। कृषि र पर्यटन क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको छ।’

चितवन सिंगो मुलुकको तेस्रो र प्रदेश ३ को दोस्रो प्रमुख पर्यटकीय गन्तव्य भएकाले विशेष प्राथमिकताका साथ प्रदेश सरकारले काम गरिरहेको पौडेलले बताए। चितवन, तनँहु र नवलपुरको संगमस्थलमा रहेको धार्मिक पर्यटकीयस्थल देवघाटलाई सवै मिलेर विकास गर्नुपर्ने उनको भनाई छ।

छिमेकी देशमा गइरहेका हजारौँ धार्मिक पर्यटकलाई रोक्न र आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन देवघाटमा पूर्वाधार तयार पार्नुपर्नेमा मुख्यमन्त्री पौडेलको जोड थियो। 

विकासका लागि प्रदेश सरकारको मात्रै मुख नताकी महानगरपालिका, नगरपालिका, गाउँपालिकाले पनि कृषि र पर्यटनलाई जोड दिन आग्रह गरे। पर्यटन र कृषिबाट मात्रै मुलुकको समृद्धि प्राप्त हुने भएकाले सवै मिलेर लगानी गर्नुपर्ने उनको भनाई छ।

मुख्यमन्त्री पौडेलले समृद्ध नेपालको सपना पूरा गर्न परम्परागत कार्यशैली परिवर्तन गरी दीर्घकालीन योजनाका साथ लगानी गर्नुपर्नेमा जोड दिए। उनले मनपरी ढंगले जथाभावी बजेट छर्दा विगतमा परिणाम नदेखिएकाले शैली बदलेर अघि बढ्न सवै पालिकालाई आग्रह पनि गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.