|

काठमाडौं : अब देखि देशभरका सरकारी अस्पतालहरुले कार्यरत चिकित्सक र ल्याव असिस्टेन्टको पदावधी आफैंले नविकरण गर्न पाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मन्त्रिस्तरीय निर्णयमार्फत करारमा रहेर सेवा दिई रहेका चिकित्सक तथा ल्याव असिस्टेन्टको पदावधि सम्बन्धित अस्पतालले नै नविकरण गर्न सक्ने व्यवस्था गरेको हाे।

 मन्त्रालयका सचिव खगराज बरालले भने 'अस्पताहरुले कर्मचारीहरुको अभाव महसुस गर्न नपरोस् भनेर हामीले मन्त्रीस्तरीय निर्णयबाट ल्याप असिस्टेन्ट तथा करारका चिकित्सकहरुको नविकरण अस्पताले नै गर्न मिल्ने निर्णय गरेका हौँ।'

चालु आर्थिक बर्षमा कतिपय चिकित्सक तथा ल्याव असिस्टेन्टहरुको पदावधी नविकरण नै नभएको र त्यसले गर्दा तलव-सुविधाबाटसमेत बन्चित भएको गुनासोहरु आएपछि अब चिकित्सक तथा हेल्थ असिस्टेन्टको नविकरण सम्वन्धित अस्पतालले नै गर्न सक्ने निर्णय गरिएको हो।

दरबन्दी भएर पनि पदपूर्ति हुन नसकेका कतिपय विशेषज्ञ पदहरुमा स्वास्थ्य मन्त्रालयले विगतदेखि नै करार सेवामा चिकित्सक तथा ल्याव असिस्टेन्टहरु नियुक्ति गर्दै आएको छ । यसपटक समायोजन र नयाँ संरचनाले ती पदमा कार्यरतहरुको नविकरण हुन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.