|

काठमाडौं : १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भइरहेको फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध फेरि अग्रता लिएको छ। 

नेपालका लागि सुनिल बलले खेलको ५२ औँ मिनेटमा हेडबाट उत्कृष्ट गोल गर्दै अग्रता २-१ मा पुर्‍याएका हुन्। 

पहिलो हाफसम्म दुवै टिम १-१ गोलको बराबरीमा रोकिएका थिए। नेपालले खेलको १६औँ मिनेटमा लिएको अग्रता तोड्दै भुटानले खेलको ३६औँ मिनेटमा बराबरी गोल फर्काएको हो। भुटानका लागि छेतेन ग्याल्जेनले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए।

यसअघि नेपालका लागि खेलको १६औँ मिनेटमा अभिषेक रिजालले गोल गर्दै अग्रता दिलाएका थिए। जारी सागमा उनले व्यक्तिगत तेस्रो गोल गरेका छन्।

अभिषेकले ६ यार्ड बक्सनजिकबाट गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। नेपालका कप्तान सुजल श्रेष्ठ मैदानबाट बाहिरिएको केही मिनेटमै उनले भुटानको पोस्टमा बल छिराएका थिए।

उनले विकास खवासको लामो थ्रो इनलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रण गर्दै गोल गरेका थिए। अभिषेकले यसअघि समूह चरणमा  भुटान र माल्दिभ्सविरुद्ध पनि गोल गरेका थिए।

त्यसपछि खेलको ३६ औं मिनेटमा भुटानले बराबरी गोल फर्कायो। चेन्चो ग्याल्सेनले पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट फिनिससहित भुटानलाई खेलमा फर्काएका थिए। खेलको इन्जुरी समयमा नेपालले पेनाल्टीका अपिल गरे पनि पाएन। सुमन अर्यालमाथि पेनाल्टी क्षेत्रभित्र भएको फललाई रेफ्रीले वास्ता नगरेपछि नेपालले पेनाल्टी पाएन।

यसअघि समूह चरणको भिडन्तमा नेपालले भुटानविरुद्ध ४-० को एकपक्षीय नतिजा निकालेको थियो। समूह चरणमा भुटानलाई हराउने क्रममा सुजल श्रेष्ठले दुई गोल गरेका थिए। त्यसबेला अभिषेक रिजाल र मिचेन तामाङले एक-एक गोल गरेका थिए।

त्यसअघि नेपालले खेलको १२ औं मिनेटमा नै सुजल श्रेष्ठलाई गुमायो । पछिल्लो खेलमा चोट बोकेका उनको स्थानमा राजेश परियार मैदान प्रवेश गरेका थिए ।

फोटो : रअ केसी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.