|
फोटो : सन्देश बिडारी

काठमाडौं : दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तरगत फुटबलबाट चौथो पटक स्वर्ण पदक जिताउने क्रममा सुनिल बलको गोल निर्णायक रह्यो। 

स्वर्णका लागि भुटानविरुद्ध २–१ को जित दर्ता गराउँदा सुनिलले खेलको ५२ औँ मिनेटमा हेडबाट उत्कृष्ट गोल गरेका थिए। उनले गोल गरेलगत्तै आफूले लगाउँदै आएको नौ नम्बरको जर्सी खोलेर सेलिब्रेसन गरे।बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लियोनेल मेस्सीले एल क्लासिकोमा रियल मड्रिडविरुद्ध गोल गरेपछि आफ्नो १० नम्बरको जर्सी खोलेर पहिलो पटक सेलिब्रेसन गरेका थिए। मेस्सीकै शैली पछ्याउँदै सुनिलले गोलको खुसी दर्शकसँग बाँडेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.