चौथो पटक जित्यो नेपालले

|

काठमाडौं : घरेलु मैदानमा १८ हजार दर्शकको साथ पाएको नेपाली फुटबल टोलीले अन्तत: नेपालीलाई खुसी दिएको छ। भुटानविरुद्धको स्वर्ण भिडन्त २-१ ले आफ्नो पक्षमा पार्दै नेपालले दक्षिण एसियाली खेलकुदमा फुटबलबाट चौथो पटक स्वर्ण जितेको हो।

योसँगै नेपालले पाकिस्तानले जितेको चार पटकको रेकर्ड पनि बराबरी गरेको छ। स्वर्ण जितेपछि दशरथ रंगशालामा दर्शकहरुले खेलाडीहरुको उठेर सम्मान व्यक्त गरेका थिए।

नेपालले सन् १९९८ मा भएको सागमा जितेको ३१ स्वर्णको रेकर्ड तोड्दै ५१ वटा स्वर्ण जितेको छ। जसमा फुटबलबाट जितेको स्वर्ण अन्तिम रह्यो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.