|

धनगढी : नक्कली नोट छाप्ने गिरोहका फरार एक अभियुक्तलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

नक्कली नोट छाप्ने गिरोहका नाइके भनिएका महेन्द्रनगरका तेजबहादुर कार्कीलाई महेन्द्रनगर बजारबाटै वडा प्रहरी कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको हो।यस अघि साउन १७ गते नक्कली नोट छाप्ने गिरोहका केही व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरूलाई धनगढी उप महानगरपालिका १ को नैनादेवी टोलबाट पक्राउ गरेको थियो।

पक्राउ परेका चार जनाबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिन समेत बरामद गरेको थियो। त्यो बेला कैलाली चुरे गाउँपालिका १ का २५ वर्षीय  खगेन्द्र रजवार, चुरे १ कै २२ वर्षीय भोजबहादुर बम, धनगढी उप महानगरपालिका वडा ३ का २४ वर्षीय पल्लभराज भट्ट र महोत्तरी बर्दिबास ६ का २५ वर्षीय गोकुल खड्कालाई प्रहरीले पक्राउ गरेको थियो।

 उनीहरूसँग नक्कली नोट छाप्ने मेसिनसहित नोट छाप्न प्रयोग भएको २२० थान सेतो पेपर तथा नेपाली र  भारतीय नक्कली नोट समेत बरामद गरिएको थियो। त्यस बेला फरार रहेका कार्कीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

लामो समय देखी खोजी जारी राखेर आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.