काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्फेक्सनको आशंका गरिएको चिकित्सकहरूले बताएका छन्। उनलाई इन्फेक्सनको आशंका गरिएपछि सलाइन र इन्टिबायोटिक चलाइएको छ।
प्रधानमन्त्री ओलीलाई मंगलबार साँझ फलोअप र मिर्गौलाको डायलासिसका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो। उनलाई मनमोहनको दोस्रो तलामा राखिएको स्रोतले बतायो। प्रधानमन्त्री ओलीलाई मनमोहन पुर्याएको पाँच मिनेट डा. अरुण सायमी निर्देशक डा. उत्तम कृष्ण श्रेष्ठ आएका थिए।
१० दिनको उपचारपछि सरकारी निवास बालुवाटार फर्किएका ओलीलाई डिस्चार्ज भएको छैटौँ दिन पुनः मनमोहन लगिएको हो। स्रोतका अनुसार मनमोहनमा प्रधानमन्त्री ओलीको नियमित गरिँदै आएको मिर्गौलाको डायलासिस गरिँदै छ। यो उनको ९ पटकको डायलासिस हो। उनी डायलासिस सकिएपछि आजै सरकारी निवास वालुवाटार फर्किने भएका छन्।
यसअघि प्रधानमन्त्री ओलीले १३औँ दक्षिण एसियाली खेलकुदको समापन समारोहमा भिडियो सन्देशमार्फत सन्देश दिएका थिए। भिडियो सन्देशमार्फत सागले यस क्षेत्रका राष्ट्रबीच आझै बढाएको बताएका थिए। साथै उनले खेलाडी र आयोजकलाई बधाइ दिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।