|

जनकपुरधाम : झुटो विवरण पेश गरी नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयका पुगेका भारतीय ज्वाइँ र ससुरा पक्राउ परेका छन्।

धनुषाको धनुषाधाम नगरपालिका २ का जीतनारायण यादबले भारतीय ज्वाइँलाई छोरा भन्दै नागरिकता बनाउन पुगेका थिए। नागरिकता बनाउने बेलामा कर्मचारीलाई कागजातमा शंका लागेपछि जीतनारायण र उनका ज्वाइँ भारत विहार राज्यको मुजफरपुरका सुनिलकुमार यादबलाई पक्राउ गरिएको हो।

पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ। प्रहरी प्रवक्ता तथा डिएसपी रामेश्वर कार्कीले पक्राउ परेका दुवै जनामाथि प्रारम्भिक अनुसन्धान गर्दा जीतनारायणले छोरा भनेर ज्वाइँ सुनिललाई नागरिकता बनाउन खोजेको बताए।

नागरिकता बनाउनका लागि धनुषाधाम नगरपालिका २ का वडाध्यक्षले सिफारिस समेत गरेका थिए। त्यही सिफारिस लिएर उनीहरू नागरिकता बनाउन खोजेका थिए। स्रोतका अनुसार वडाध्यक्षलाई उनीहरूले घुस खुवाएर नागरिकताका लागि सिफारिस लिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.