|

पर्सा : लागुऔषध चरेशसहित पर्सामा एक बृद्ध पक्राउ परेका छन्। पर्साको गण्डक चोकमा चेकजाँच गर्ने क्रममा लागुऔषध चरेशसहित बृद्धलाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्ने बृद्ध वीरगन्ज महानगरपालिका १९ बस्ने ६० वर्षीय रामबालक वैठा रहेको पर्सा प्रहरीले जनाएको छ। वैठाले साइकलमा ११ किलो ८०० ग्राम लागुऔषध चरेश लोड गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। 

उनले बाराको जीतपुरदेखि पर्साको गण्डक हुँदै दक्षिण भारततर्फ साइकलमा नै चरेश लिएर जाने क्रममा अभियुक्त वैठालाई प्रहरीले नियन्त्रणमा लिएको बताए। पर्सा र गण्डक प्रहरीको संयुक्त टोलीले पर्साको गण्डक चोकमा छड्के चेकजाँच गर्दा साइकलमा सवार व्यक्ति अवैध लागुऔषधसहित पक्राउ परेका हुन्।

लागुऔषध चरेशसहित पक्राउ परेका अभियुक्त वैठालाई पर्सा प्रहरीले लागुऔषध मुद्दामा कार्वाही प्रक्रिया अगाडि बढाइएको जनाएइको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.