|

सुर्खेत : लोकतन्त्र स्थापनाका लागि लडेको भन्दै नगर विकास समिति सुर्खेतले विभिन्न मितिमा जिल्लास्थित सातवटा राजनीतिक दललाई भोगाधिकारका लागि वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा एक–एक कट्ठा जमिन उपलब्ध गरायो।

पार्टी कार्यालय स्थापनाका लागि उपलब्ध गराइएको जमिनमा दलहरुले भने व्यापार गरिरहेका छन्। सो जग्गामा केही राजनीतिक दलले घर बनाएर भाडामा लगाएका छन् भने केहीले भट्टी पसल सञ्चालन गर्न भाडामा दिएका छन्। 

नगर विकास समितिले हटियाचोकमा उपलब्ध गराएको जग्गामा नेपाल कम्युनिष्ट पार्टीको कार्यालय छ। ऋषिस्मृति भवन नाम दिइएको सो कार्यालय दुईतले छ। माथिल्लो तलाका नौवटा कोठा भाडामा दिइएको छ।

भाडाबापत नेकपाले मासिक एक लाख रुपैयाँभन्दा बढी पाउँछ। भवनको माथिल्लो तलामा एउटा एग्रोभेट, एउटा डिपार्टमेन्टल स्टोर र सातवटा फेन्सी पसल छन्। तल्लो तलामा पार्टी कार्यालय छ। 

नेकपा पार्टी कार्यालयनजिकै तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको एक कट्ठा जमिन छ। उसले नगर विकास समितिबाट भोगाधिकारका लागि प्राप्त गरेको जमिन भाडामा लगाएको छ। सो जमिनमा तीनवटा भट्टी पसल छन्।

सुर्खेत उद्योग वाणिज्य संघसँगै जोडिएको जमिनमा नेपाली कांग्रेसले तीनतले भवन बनाएको छ। उसले पार्टी कार्यालयको कोठा भाडामा नदिएपनि नजिकैको खाली जमिनमा चमेनागृह रहेको खबर नागरिक दैनिकमा छापिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.