|

बैतडी : एक महिनादेखि लगातार चोरीको घटना भईरहेको बैतडीस्थित ग्वाल्लेक जङ्गलबाट प्रहरीले बन्दुक बरामद गरेको छ। 

दशरथचन्द नगरपालिका–२, देहिमाण्डौंको सो जङ्गलबाट प्रहरीले मङ्गलबार कपडाले बेरेर राखिएको सो बन्दुक नियन्त्रणमा लिएको छ। 

जङ्गलमा घाँस काट्न गएका महिलाहरुले बन्दुक देखेपछि प्रहरीलाई खबर गरेका थिए।

बन्दुक राख्ने मानिसबारे थाहा हुन नसकेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.