|

सर्लाही : त्रिभुवन नगरस्थित प्रहरी चौकीमा कार्यरत दुई जना प्रहरी ५० हजार रुपैयाँ घुससहित समातिएका छन्। 

प्रहरी नायव निरीक्षक राजेशकुमार सिंह र जवान मनोजकुमार यादवले भारतबाट नेपालतर्फ तस्करीका सामान ल्याउँदा भित्र्याउन सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेका थिए ।

घुस लिएकै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दीबासबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। सिंह र यादवले सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नं–४ स्थित सगरमाथा बोर्डिङ स्कुल परिसरमा सेवाग्राहीसँग घुस बुझिरहेका थिए।

पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको अख्तियारका अधिकारीहरुले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.