|

कञ्चनपुर : महाकाली नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणमा परी दुई महिलाको मृत्यु र चारजना महिला घाइते भएका छन्।

मायापुरी सामुदायिक वनमा बुधबार घाँस दाउरा गर्न गएका ५० वर्षीया भुलीदेवी बोहरा र ३८ वर्षीया वसन्ती भट्टको हात्तीको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए। 

घाइते हुनेमा सोही ठाउँकी ललिता बोहरा, सुनिता विष्ट, उमा साउद र सरिता ओझा रहेका छन्। उनीहरुमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए । घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भैरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.