सरकारका तर्फबाट पुरस्कार पनि घोषणा गरिने

|

काठमाडौं : १३औँ सागमा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा बोलाएर बधाई दिने भएका छन्। बुधबार दिउँसो २ बजे बालुवाटारस्थित ठूलो हलमा नेपालका पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्रीले बधाई दिने कार्यक्रम तय भएको प्रेस सल्लाहकार सूर्य थापाले थाहाखबरलाई जानकारी दिए। 

नेपाली खेलाडीहरुले हालसम्मकै उत्कृष्ट प्रदर्शन गर्दै कीर्तिमानी ५१ वटा स्वर्ण पदक जितेलगत्तै प्रधानमन्त्रीले मंगलबारै भिडियो सन्देशमार्फत् बधाई दिइसकेका छन्। आज बालुवाटरमा हुने कार्यक्रममा प्रधानमन्त्रीले पदक विजेता खेलाडीहरुलाई सरकारको तर्फबाट पुरस्कार पनि घोषणा गर्ने सल्लाहकार थापाले जानकारी दिए।

'प्रधानमन्त्रीले सबैल खेलाडीहरुलाई बालुवाटारमै भेटेर बधाई दिनुहुनेभएको छ', थापाले भने, 'त्यसक्रममा खेलाडीहरुका लागि आवश्यक सहयोग र पुरस्कार राशिको पनि घोषणाा हुनेछ।'

एपेन्डिसाइटिस भएर मंसिर १० गतेदेखि अस्पताल भर्ना भएका प्रधानमन्त्रीले सागको उद्घाटनमा विशेष सम्बोधन गर्न पाएका थिएनन्। एपेन्डिसाइटिसको अपरेशनपछि १० आराम गर्नुपरेकाले मंगलबार भएको समापनमा दशरथ रंगशाला जान नपाएका प्रमले पदक विजेता खेलाडी, प्रशिक्षक र खेलसंस्थाका पदाधिकारीलाई भेटेर बधाई दिने भएका हुन्। 

नेपालले घरेलु भूमिमा भएको १३औँ सागमा कीर्तिमानी ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जित्दै भारतपछि दोस्रो स्थानमा रहेको थियो। नेपालले यसअघि सन् १९९९ मा घरेलु भूमिमै भएको सागमा ३१ स्वर्ण जितेको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.