- पेमा लामा
काभ्रे : ट्रिपरको ठक्करबाट काभ्रेमा गएराति मोटरसाइकल चालकको मृत्यु भएको छ। बनेपाबाट नेपालथोकतर्फ जाँदै गरेको बा ४ ख ४७१४ नम्बरको ट्रिपरले सोही दिशातर्फ जाँदै गरेको बा ६९ प ६९२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १६ वर्षीय अजय लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी नविनराज राईले जानकारी दिए।
मेच्छे गावसि–३ का स्थायी बासिन्दा लामाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो। घटनापश्चात ट्रिपर चालक छुल्टिम लामालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।