|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै छन्। समाजवादी पार्टीका प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका कुमारलाई मन्त्रिपरिषदमा सहभागी गराउने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

मन्त्रिपरिषद् विस्तारपछि दिउँसो साढे दुई बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथको कार्यक्रम तय भएको छ। सिंहले खानेपानी तथा सरसफाइ र खड्काले महिला बालबालिका तथा समाजकल्याण मन्त्रीकारुपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गर्नेछन्।

दुई मन्त्री थपिँदा प्रचण्ड सरकार ४३ सदस्यीय हुनेछ। संविधान संसोधनमा दुईतिहाई पुर्‍याउने कसरतमा लागेका प्रचण्डले साना दलहरुको पनि साथ चाहिने उनीहरुलाई सरकारमा सहभागी गराउन लागेका हुन्। त्यसअघि बिहीबार बिहान १० बजे मन्त्रिपरिषद् बैठकसमेत बस्दैछ।

राप्रपा र फोरम लोकतान्त्रिकलाई पनि सरकारीमा सहभागी गराउने तयारी भएको छ। तर, अन्तिम टुंगो लागिसकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.