|
फाइल फोटो

बाँके : बाँके प्रहरीले १३ लाख रुपैयाँसहित नेपालगगन्जका बाबुछोरालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले नेपालगन्ज उपमहानगरपालिका–२, घरवारीटोलका सुन व्यवसायी सौरम सोनी र विनोदकुमार सोनीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

अवैध रुपैयाँ राखेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिएर श्रोत खोज्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए। प्रहरी नियन्त्रणमा रहेका बाबुछोराले सुन राखेर चार लाख रुपैयाँ झिकेको, दुई लाख रुपैयाँ सटर भाडा बापत बुझेको बयान प्रहरीसमक्ष दिएको उनले बताए।

‘अवैध रुपैयाँ हो होइन भन्ने विषयमा अनुसन्धान भइरहेको छ। केही रुपैयाँको श्रोत खुलिसकेको छ, अरू खुल्ने क्रममा छ,’ उनले भने, ‘उनीहरूको गतिविधि प्रति प्रहरीले पहिल्यैदेखि निगरानी गरिरहेको थियो। शंका लागेर छापा मार्ने क्रममा १३ लाख नगद रकम बरामद भयो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.