|

चितवन : चित्रनगरस्थित भीमनगरमा बिहीबार बिहान गाडीको ठक्करबाट १ जनाको मृत्यु भएको छ। चित्रवन नगरपालिका–७ गुञ्जनगर निवासी सोमबहादुर घलेको मृत्यु भएको प्रहरीले जनाएको छ।

भित्री सडक र एकान्त ठाउँमा ठक्कर दिएर गाडी फरार भएको अनुमान गरिएको छ। टाउकोमा गहिरो चोट लागेका कारण घलेको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए। ठक्कर दिने गाडीको खोजी तीब्र पारेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.