|

काठमाडौं : पूर्व-अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नेपालको अर्थ राजनीतिमा केन्द्रित रहेर लेखेको पुस्तक ‘ट्रायल्स, ट्रेमोर्स एण्ड होप- द पोलिटिकल इकोनोमी अफ कन्टेम्पररी नेपाल’ सार्वजनिक भएको छ। बुधबार पूर्व-राष्ट्रपति डा. रामवरण यादवबाट यो पुस्तकको सार्वजनिक गरिएको हो। 

पुस्तकमा नेपालको अर्थ-राजनीतिका साथै समकालीन परिवेशका विषयमा चर्चा गरिएको लेखक महतले जनाएका छन्। खुला अर्थनीति र बजार अर्थव्यवस्थाको महत्वका साथै संघीयता सफल पार्नका लागि ध्यान दिनुपर्ने पाटोको  विषयमा पनि पुस्तकमा चर्चा गरिएको छ। 

१९९० अघि नेपालको अवस्थामा १९९० को दशकमा आर्थिक सुधारको लागि चालिएको कदम,अहिलेको यथास्थितिका साथै संविधानको मर्मअनुसार चल्नको लागि चालिने कदमका विषयमा पनि पुस्तकमा चर्चा गरिएको छ। 

डा. महतले कम्युनिष्ट देशहरूमा समेत खुल्लाबजार अर्थनीति अवलम्बन  गरेको सन्दर्भमा यसको विकल्प नरहे पनि नियमनको भने खाँचो रहेको बताए। उनले संघीयता अवलम्बन गरिसकेको अवस्थामा स्थानीय प्रदेश सरकारको संरचना बलियो बनाउनने पर्ने र महसुस हुनेगरी सुविधा दिन सक्नुपर्ने बताए।

 वितरणमुखी बजेट गराउँदा भविष्यमा थप जटिल समस्या उत्पन्न हुने भएकोले सेचत हुन उनको आग्रह रहेको छ। उनले विगतमा राजनीतिक अस्थिरताको नाममा लामो समय खेरफालेको अवस्थामा अब त्यस्तो अवस्था आउन दिन नहुने बताए।

'हामी लामो समय राजनीतिक अस्थिरता रह्यो, देशले १० वर्षे द्वनद्व खेप्दा आर्थिक र सामाजिक रूपमा धेरै पछि पर्नुपर्‍यो, अब हामीले संघीयतालाई सफल बनाउन सकिएन भने फेरि २०/३० वर्षपछि पर्नेछ' महतले भने। 

पूर्व-अर्थमन्त्री सुरेन्द्र पाण्डेले डा. महतको पुस्तकबाट १९९० मा उनले राख्ने विचार र अहिलेको विचारमा भिन्नता देखिएको कतिपय विषयमा आफ्नो धारणा दिन नसकेको टिप्पणी राखे। त्यस्तै, राष्ट्रिय योजना आयोगका पूर्व-उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले  विगतको अर्थ राजनीतिको यथार्थ चित्रण र अबको बाटोको सन्दर्भमा पुस्तकले चित्र कोरेको बताएका छन्। 

१२ अध्यायमा रहेको यो पुस्तकको मूल्य १२ सय रुपैयाँ तोकिएको छ। अहिलेलाई अंग्रेजी भाषामा रहे पनि छिट्टै नेपाली संस्करण निकालिने डा. महतले जनाए। उनले यसअघि 'इन डिफेन्स अफ डेमोक्रेसी'  पुस्तक लेखेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.